रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलवार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्व राजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।
उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए। पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।


















