काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश–१, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
दिउँसो पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
राति प्रदेश–१ र वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने विभागको भनाइ छ।

















