काठमाडाैं । संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ५ नौबिसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३ भैंसेका १९ वर्षीय सुरेश विक र तामाकोसी गाउँपालिका वडा नम्बर ५ गोगनटारका २३ वर्षीय सुमन विक पक्राउ परेका हुन्।


















