सर्वोच्चले जसपाको एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिएन

58

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले  अन्तरिम आदेश दिन अस्वीकार गरेकाे हाे ।

राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो ।

गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । यही असार तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै रिट दर्ता भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here