महिला एसियन कप २०२२ छनोट खेल उज्वेकिस्तानमा हुने

266

काठमाडाैं । नेपालमा तय भएको एएफसी महिला एसियन कप २०२२ छनोट खेलअन्तर्गत समूह ‘एफ’को खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले गत महिना सार्वजनिक गरेको समूह तालिका अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स रहेको समूह ‘एफ’ को खेल दशरथ रंगशालामा आयोजना हुने भनिएको थियो। तर, कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

‘नेपालमा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सहभागी अन्य राष्ट्रले यसबारे एएफसीलाई पत्र लेख्दै खेल सर्ने आग्रह गरेका थिए। नेपालले आयोजना गर्न नपाउने भन्नेबारे एन्फालाई जानकारी भइसकेको छ,’ उनले भने। छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्। नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ।

एन्फाले बंगलादेशलगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारीसमेत गरेको छ । कोरोनाका कारण देखाउँदै उत्तर कोरिया र तुर्कमेनिस्तानले सहभगिता जनाउन नसक्ने भन्दै एएफसीलाई जानकारी दिएको छ। यता, बंगलादेशमा पनि छनोट चरणका खेल नहुने भएका छन्। ८ समूहमा प्रतिस्पर्धा हुने छनोटबाट शीर्ष टोलीहरु अन्तिम चरणमा प्रवेश गर्नेछन्।

समूहको शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन्। एएफसी एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरी २०२२ मा भारतमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here