आज बजारमा सुनचाँदीको भाउ घट्यो

207

काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य ओरोलो लागेको छ। आइतवारको तुलनामा सुनको भाउ सोमवार १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमवार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमामा कारोबार भएको महासंघले जनाएको छ। यसअघि आइतबार पनि सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो।

त्यसैगरी, सोमबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।   यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ। आइतवार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १२१५ मा किनबेच भइरहेको महासंघले जनाएको छ। आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here