बढ्दो बलात्कारको घटनाको वास्तविक कारण – नग्न फोटोसुटबारे बहस !

174

नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा चर्चामा छाइरहेकी सोफिया हयात एकपटक पुनः चर्चामा छिन् ।

सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले लेखिन्, ‘भगवान् लज्जाभन्दा माथि छन् । यदि ‘डिभाइन मदर’ खुल्ला रुपमा तपाईं अघिल्तिर आउनुभयो भने के तपाईं उहाँलाई लाज लागेन भनेर सोध्नुहुन्छ ? या सायद तपाईंले आफैं सोध्नुपर्छ कि तपाईंको दिमागमा लाज किन छ ?’

अब सोफियाले ईश्वरको कुरा गरेर तस्बिर सेयर गरिन् । तर इन्स्टाग्राम प्रयोगकर्तालाई यो तस्बिर अश्लिल लाग्यो । त्यसपछि तस्बिरमा विभिन्न प्रकारको कमेन्ट आउन थाल्यो । कुरबान नामका एक प्रयोगकर्ताले लेखे, ‘भारतमा बढ्दो बलात्कारको घटनाको वास्तविक कारण तपाईं नै हो । यदि देशमा नग्नतालाई बढाउने महिलाविरुद्ध कदम उठाइयो भने बलात्कारको घटना समाप्त हुन्छ ।’

यो कमेन्टमा इन्स्टाग्राममा निकै बहस पनि भयो । केही मानिसहरु तस्बिरमाथि आपत्ति जताएका छन् भने कतिलाई यी प्रयोगकर्ताको कमेन्टमा रिस उठ्यो । शीतल नामकी एक प्रयोगकर्ताले लेखिन्, ‘यदि यस्तो हो भने बलात्कारीको घरमा बलात्कार किन हुँदैन ? भास्कर प्रतिक नामका प्रयोगकर्ताले लेखे, ‘यो सबै टिआरपी पाउने एक स्टन्ट हो । ’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here