बुधबार बिहानैदेखि देउवाले आफूनिकटका पदाधिकारी तथा केन्द्रीय नेताहरुलाई बोलाएर छलफल सुरु गरेका हुन् । देउवाले महाधिवेशनलाई कति समय सार्न सकिन्छ भन्ने विषयमा छलफलका लागि आफूहरुलाई बोलाएका एक केन्द्रीय सदस्यले जनाए । छलफलमा सहभागी उनले महाधिवेशनलाई कति समयसम्म सार्न सकिन्छ भन्ने विषयमा सुझाव पनि मागेका जनाए ।
अहिलेको अवस्थामा महाधिवेशनको सम्भावना नभएको भन्दै देउवाले कसरी सार्ने भन्ने विषयमा नेताहरुको राय मागेका थिए । वरिष्ट नेता रामचन्द्र पौडेल लगायतका संस्थापन इतरका नेताहरुले भदौ २३ भित्रै कुनैपनि हालतमा महाधिवेशन हुनुपर्ने बताइरहेका बेला देउवा भने महाधिवेशन सार्ने विषयमा केन्द्रित भएर छलफलमा जुटेका छन् ।
देउवाले आफूनिकट नेताहरूसँगको कुराकानीमा आगामी महाधिवेशनका लागि राजनीति कस्तो बनाउने भन्ने विषयमा पनि छलफल थालेका छन् । आजको छलफलमा पनि देउवाले आफ्नो रणनीतिको सम्भावित खाका नेताहरुलाई बुझाएका छन् ।


















