याे हाे विश्वकै पहिलो प्रोसेसर वाच

110

काठमाडौं । सामसङले वेयरेवल डिभाइसका लागि ५ एनएम एक्सट्रिम अल्ट्राभ्वाइलेट (ईयुभी) प्रोसेसर सार्वजनिक गरेको छ । एक्सवाइनस डब्लु९२० को रुपमा आएको उक्त प्रोसेसर कम्पनीले गुगलसँगको सहकार्यमा निर्माण गरेको हो ।  यो चिप्स पहिलो पटक कम्पनीको आउँदो ग्यालेक्सी वाचमा प्रयोग हुने जनाइएको छ । यसको अर्थ यो नयाँ चिप्स कम्पनीको आउँदो उत्पादन ग्यालेक्सी वाच ४ मार्फत प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।

सम्भवतः उक्त वाच भोली बुधबार आयोजना हुने कम्पनीको अनप्याक्ड कार्यक्रममार्फत सार्वजनिक हुने अपेक्षा गरिएको छ ।  कम्पनीका अनुसार ५ एनएम नोडका साथ सार्वजनिक गरिएको यो नै विश्वको पहिलो प्रोसेसर हो । जसले हाल उपलब्ध प्रोसेसरको तुलनामा २० प्रतिशत कार्यक्षमता विस्तार गर्ने जनाइएको छ । भने, ग्राफिक्स १० गुणाले राम्रो हुनेछ ।  यसका साथै यसले ब्याट्रीको खपत समेत कम गर्ने जनाइएको छ ।

जसले गर्दा अल्वेज– अन–डिस्प्ले फिचरलाई अन गरेर राख्न सकिने छ । यसको मद्दतले वाचमा हुने एप पनि छिटो लोड हुने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here