काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक स्थगित भएको छ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले भोलि बुधबार पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक बस्ने भनिएको थियो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बैठक तत्काललाई स्थगित भएको जनाइएको छ।
बैठक रोकिनुको कारणबारे खुलाइएको छैन।


















