बमको आतंक देखाएर ब्यापारीलाई धम्क्याउने पक्राउमा

173

रौतहट / रौतहटको सदरमुकाम गौरको मुख्य चोकमा गत १४ गते नक्कली बम राखेर त्रसित बनाउने दुईजनालाई प्रहरीले पक्राउमा परेका छन् । गौर—५ का २१ वर्षीय नन्दकिशोर राय यादव र भारत बिहार बैरगनियाका २६ वर्षीय प्रेमकुमार पासवान रहेको प्रहरी उपरीक्षक (एसपी) भुपेन्द्र खत्रीले उल्लेख गरे ।

गौरका एक व्यापारीलाई धम्काएर ४८ लाख रुपैयाँ माग गरेका दुई युवकले व्यवसायीलाई तर्साउन नक्कली बम राखेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका मध्ये नन्द किशोरले नक्कली बम बनाउने कार्य गरेको र प्रेमकुमार पासवानले फोनमा व्यपारीलाई धम्की दिएपछि वैशाख १३ गते राति ११।३० बजे नक्कली बम राखेका थिए । उनीहरुको साथबाट प्रहरीले ४ थान मोबाइल फोनसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइएको एसपी खत्रीले जानकारी दिए । उक्त नक्कली बम नेपाली सेनाले निष्कृय पारेको थियो । ३ घण्टासम्म बम राखिएको क्षेत्रका नागरिक त्रसित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here