सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा राेकियाे

38

काठमाडौं ।  कारोबार हुने साताको दोश्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here