चट्याङ लागेर मकवानपुरमा मृत्यु

83

मकवानपुर / चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको घाइते भएका छन् । हावाहुरी र वर्षासँगै परेको चट्याङले मकवानपुर गढी गाउँपालिका-देउरालीमा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चट्याङ लागेर मनहरीमा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन् । उनलाई मनहरीमा प्राथमिक उपचार गेपछि थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here