कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, घोषणा पत्रलाई अन्तिम रूप दिने

54

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए।

आगामी आमनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरेको घोषणपत्र तयारी समितिले देशभरबाट विभिन्न उपसमितिमार्फत सुझाव संकलन गरी मस्यौदा तयार गरिसकेको छ।

निर्वाचनमा दलहरूका उम्मेदवार प्रचारमा जुटिसक्दा पनि दलले घोषणापत्र जारी नगरिसकेको अवस्थामा कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिन लागेकोे हो।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरका सबै उम्मेदवारलाई यही असोज २६ गते चुनाव चिन्ह प्रदान गरेसँगै सबै उम्मेदवार आफ्नो प्रचारप्रसारमा जुटिसकेका छन्। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here