काेराेनाबाट २ जनाकाे निधन हुँदा १०४ संक्रमित थपिए

66

काठमाडौं। पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८९ र एन्टीजेन परीक्षणमा १५ गरेर आइतबार १०४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यो अवधिमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १५ सय ९२ जनाको पीसीआर र १९ सय ९५ जनाको एन्टीजेन गरेर कुल ३५ सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार यो अवधिमा २०१ जना डिस्चार्ज भएका छन् भने आठ हजार ४१२ जनाले खोप लगाएका छन्। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ सय १६ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here