सत्ता गठबन्धनकाे बैठक सीट बाँडफाँटविनै टुङ्गियाे

104

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुङ्गिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुङ्गिएको हो ।

बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए ।

‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौँ । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौँ ।’

बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुङ्गो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here