लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

198

कास्की । लागूऔषध मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-१६ बस्ने ३३ वर्षीय अर्जुन भन्ने अनिल नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्की लागत नम्बर ५२६६ अनुसार लागूऔषध मुद्दामा २ वर्ष १० दिन कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना र लागत नम्बर ५२२६ अनुसार लागू औषध मुद्दामै ३ वर्ष १० महिना २७ दिन कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ
गरेको हो ।

उनलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here