सीजी इन्टरनेट सतुङ्गल, कलंकी र बालाजुमा सेवा विस्तार

165

काठमाडाैं । सतुङ्गल, कलंकी र बालाजुमा पनि सीजी इन्टरनेटको सेवा विस्तार भएको छ । मासिक ९९९ रूपैयाँमा १२० जीबी एमबिपिएसको इन्टरनेट दिने घोषणासहित बजार प्रवेश गरेको सीजी नेटले हाल काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सेवा विस्तार गरिरहेको छ । सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी र बल्खुमा उपलब्ध रहेको छ । कम्पनीले तिब्र गतिमा इन्टरनेट विस्तार गरिरहेको छ ।

कम्पनीले यसअघि साउन २६ गते महाराजगंजमा आफ्नो सेवा विस्तार गर्ने जनाएको थियो । तर प्राविधिक समस्याका कारण तोकिएको मितिमा हाम्रो सेवा सो स्थानमा शुरु गर्न असमर्थ भएको जानकारी सीजी नेटले दिएको थियो ।

सिजीले हाल १२० एमबीपीएसको इन्टरनेट विभिन्न शुल्कमा उपलब्ध गराएको छ । जसमा मासिक ९९९ रूपैयाँ, ३ महिनाको २ हजार ९९७, ६ महिनाको ६ हजार ९९४ र एक वर्षको ११ हजार ९८८ शुल्क तोकिएको छ । यी प्याकेज खरिद गर्दा जडान र ड्रप वायर चार्जको शुल्क लाग्ने छैन् । माथिका मूल्यमा टिएससी शुल्क समावेश गरिएको छ । भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here