तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण महतद्वारा ध्यानाकर्षण

96
Minister for Foreign Affairs Prakash Sharan Mahat speaks at a press conference during PM Pushpa Kamal Dahal's India visit, in New Delhi, on Saturday, September 17, 2016. Photo: RSS

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी “शेरबहादुर देउवा किन मलाई मन पर्छ” भन्ने भिडियोको पक्षमा आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यममा सम्प्रेषण गरिएकामा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेकोभन्दा तथ्य र आधारसहित परिपक्व तथा भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने आफूलाई पनि लागेको सहमहामन्त्री डा. महतको भनाइ छ ।

प्रधानमन्त्री वा उनका सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा उनको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थलले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने तथा त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा जिज्ञासा मात्र राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिकरुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु”, उनले विज्ञप्तिमा जनाएका छन्।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here