नेपाल फर्कने वातावरण मिलाइदिन पाकिस्तानमा अध्ययनरत डाक्टरहरुको अनुराेध

70

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि पाकिस्तानमा रहेका नेपाली डाक्टरहरुले स्वेदश फर्कने वातावरण बनाइदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेका छन्।

पाकिस्तानमा रहेका नेपाली चिकित्सकको संगठन ‘सोसाइट अफ नेप्लिज डाक्टर फ्रम पाकिस्तान’ ले भारत पाकिस्तानको वाघा-अटारी सीमा हुँदै स्वदेश फर्कने व्यवस्था मिलाइदिन आग्रह गर्दै नेपालस्थित परराष्ट्र मन्त्रालयलाई पत्र लेखेका छन्।

कोभिड- १९ पछि सीमा बन्द हुँदा सरकारी छात्रवृत्तिमा पाकिस्तानमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुले स्वेदश फर्कन नपाएको उल्लेख गरेका छन्। सोसाइटी अफ नेप्लिज डक्टर फ्रम पाकिस्तानले नेपाल र पाकिस्तानबीच सिधा हवाइ उडानसमेत नभएको र स्थलमार्गबाट आउने अर्को विकल्प नभएका कारण स्वदेश फर्कने वातावरणको व्यवस्था मिलाइदिन आग्रह गरेको अन्तर्राष्ट्रिय समन्वय कोअर्डिनेटर डा तुलाराम यादवले जानकारी दिए।

चार्टर्ड विमानमा आउन निकै महँगो पर्ने भएका कारण समस्या भएको उनको भनाइ छ। आर्थिक समस्याका कारण पाकिस्तानमा रहेका चिकित्सक स्वदेश फर्कने अवस्था नभएकाले उद्धार गर्न उनीहरुले सरकारसँग अपिल गरेका छन्।

दशैं तिहार लगायतका चाँडपर्व नजिकिरहेको भन्दै उनीहरुले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई स्थलमार्गबाट आउने अनुमतिको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। त्यसका लागि खोप र पीसीआर जाँचको व्यवस्था आफूहरुले गर्ने उनीहरुको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here