भदौ ९ गतेदेखि तेह्रथुम पावर कम्पनीको आईपीओ आउने

66
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) भदौ ९ गतेदेखि निष्कासन हुने भएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ। सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने  व्यवस्था कम्पनीले गरेको छ। सो सेयरमा न्यूनतम १० कित्तदेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here