११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक पक्राउ

119
काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै साढे ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ताप्लेजुङको फुङलिङ नगरपालिका–९ का ५९ वर्षीय लालबहादुर कार्कीलाई पक्राउ गरेको हो।

उनले पाँचथरको तुम्बेवा गाउँपालिका–५ का ३० वर्षीय ध्रुववकुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाउने भनेर ११ लाख रुपैयाँ लिएर ठगी गरेको आरोप लागेको छ।

उनले अमेरिकामा कोकाकोला कम्पनीमा मासिक ३ लाख रुपैयाँ तलब हुने र जान ४० लाख लाग्ने बताएका थिए। त्यसवापत सुरुमा साढे ११ लाख रुपैयाँ उनले लिएको आरोप लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here