आठौँ सागमा उनले टिम कातातर्फ स्वर्ण जिताएका राईको निधन

84

काठमाडाैं । नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन भएको छ ।

सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरसको सङ्क्रमणका कारण हिजो निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनु भएको छ ।

आठौँ सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए । राई चौथो राष्ट्रिय खेलकुदको एकल काताका स्वर्ण विजेता पनि हुन् । उनका श्रीमती र छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here