नेपालका बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने

80

काठमाडौं । अबदेखि नेपालका बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउने भएकाे छ । जसका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गरेको छ ।

यो एक वर्षअघिकै अवस्था हो । एक वर्षअघिसम्म बैंकले दैनिक २० किलो र लगनका समयमा दैनिक २५ किलो सुन आयात गर्न पाउँथे ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ मा सरकारले दैनिक २० किलोबाट सुन आयातको कोटा १० किलो बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here