तालिबानले कब्जा जमाएपछि भारतसँगको व्यापार बन्द

150

काठमाडौं । अफगानिस्तनमा तालिबानले कब्जा जमाएसँगै त्यसको असर छिमेकी मुलुकहरुमा पर्न थालेको छ। तालिबानले भारतसँगको सीमापार व्यापार बन्द गरेको छ।

सामान्य अवस्थामा दुई देशबीच मालवाहक सवारीसाधन पाकिस्तानको बाटो हुँदै आवतजावत गर्ने गरेका छन्।

फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनइजेशनले गाडीको आवतजावत रोकिएका कारण लाखौं डलरको सामान आयात र निर्यात रोकिएको जनाएको छ।  भारतका लागि व्यापारमा अफगानिस्तान सबैभन्दा ठूलो सहयोगी हो। अफगानिस्तानमा ड्याम, स्कूल र सडकको विकासका लागि भारतले लाखौं डलर लागनी गरेका छन्।

एफआईईओका महानिर्देशक डाक्टर अजय सहायले समाचार एजेन्सी एएनआईसँग भने, “अफगानिस्तानको स्थितिलाई हामीले लगातार हेरिरहेका छौं। त्यहाँबाट आयात हुने सामान पाकिस्तानको बाटो हुँदै भारत आउने गरेको छ। अहिले तालिबानसँग पाकिस्तान तर्फ जाने सबै मालबाहक गाडिलाई रोकिदिएको छ। आयात पूर्ण रुपमा ठप्प भएको छ।”

अफगानिस्तानको निर्यात रणनीतिमाथि इन्टरनेशनल ट्रेड सेन्टरको एक रिपोर्ट अनुसार विश्वमा ड्राई फ्रुटको आयातकर्ता  मध्ये भारत एक हो।  ड्राई फ्रुट आयात गर्नेमा अमेरिका, जर्मनी र हङकङपछि भारत चौथो नम्बरमा छ।  रिपोर्टका अनुसार भारत ठूलो मात्रामा ड्राई फ्रुटको आयात अफगानिस्तानबाट गर्छ।  रिपोर्टका अनुसार बदाम, किशमिश, पिस्ता, अन्जीर निर्यातमा भारत अफगानिस्तानको सबैभन्दा ठूलो खरीदकर्ता हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here