विप्लव नेकपाका ‘रणवीर‌’ २८ महिनापश्चात जेलबाट छुटे

89

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन्।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर‌’ २८ महिना लामो जेल जीवन पश्चात् नेपालगञ्जबाट छुटेका हुन्। बिहीबार उच्च अदालत नेपालगञ्जको आदेशबाट बम रिहा भएका हुन्।

पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरि करिब १ सय जना जेलबाट छुट्न बाँकी रहेको विप्लव नेकपाले जनाएको छ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाका महासचिव विप्लवसहितका नेताले नयाँ सरकार गठन भएसँगै आफ्ना नेता कार्यकर्ता छुटाउन दलका नेताहरुसँग भेटवार्ता गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here