काठमाडाैं । नेपालमा कोरोना भाइरसका ३ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार १७ हजार ६५४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका छन् । जसमा पीसीआर विधिबाट १० हजार ५३० र एन्टिजेन विधिबाट ७ हजार १२४ जनाको परीक्षण भएको थियो ।
यस्तै आज आज २२४४ जना संक्रमति डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार आज थप २६ जनाको मृत्यु भएको छ । आज देशभरी ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

















