हेटौँडा क्याम्पसमा १० लाखको छात्रवृत्ति कोष

108

sharethis sharing buttonबागमती । हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा १० लाख रुपैयाँ राशिको  ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ।

क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पुर्‍याएका थिए। क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उनले बताए। कोषको ब्याजको रकमबाट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।

कोषको कार्यविधि निर्माणका लागि अर्पण पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ। समितिले कार्यविधि तयार गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरुआत गर्ने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए। RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here