महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा

77

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट पाँच खेलाडीलाई रिलिज गर्दै फिलिप्सले उज्बेकिस्तानमा हुने छनोटका खेल्ने टोलीको टुंगो लगाएका हुन् ।

अमिशा कार्की, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा अन्तिम २३ सदस्सीय टोलीमा परेनन् । नेपाली टोलीले छनोटको पहिलो खेल सेप्टेम्बर १८ मा फिलपिन्ससँग खेल्ने छ । यस्तै दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ । नेपाली सर्वकालिन सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने टोलीमा हुने छैनन् । उनी अहिले खुट्टामा लागेको चोटको उपचारका लागि कतारमा छिन् ।

नेपाली टोली: अन्जना राना मगर, एन्जिला तुमबापो सुब्बा, उषा नाथ, अम्रिता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विके, विमला चौधरी, दीपा राई, गीता राना, हिराकुमारी भुजेल, इन्दिरा राई, मन्जली तामाङ, निषा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, सृजना सिंह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here