नेप्सेमा आज उच्च अंकको गिरावट

89

काठमाडौं । नेपालको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज परिसूचक ५५.८९ अंकले घटेर ३१२५.०१ विन्दुमा ओर्लिएको छ।

नेप्सेका अनुसार आज कूल १६ अर्ब १२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कूल २२५ वटा कम्पनीका दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर एक लाख ५६ हजार ९१३ पटक खरिद-बिक्री भएका थिए।

आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.७७ अंकले घटेर ५७७.७० विन्दुमा ओर्लिएको छ।

आज गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो भने १४ वटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।

आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ७५ करोड ४३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सबैभन्दा धेरै १३ लाख २८ हजार ७१६ कित्ता सेयर सबैभन्दा धेरै छ हजार २१७ पटक किनबेच भएका थिए।

आज फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बिमाबाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here