नेपालसहितको नेताहरू बाहिरिँदा पार्टीमा विवाद अन्त्य : ओली

59

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औं महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निक्र्योल आमकार्यकर्ता र प्रतिनिधिले गर्ने भन्दै त्यस सम्बन्धमा आफू अहिले मौन रहेको स्पष्ट पारे ।

एमाले प्रचार विभागले महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग गरेको अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा हुने हरेक लोकतान्त्रिक अभ्यासलाई आपूmले सम्मान गर्ने बताए ।

ओलीले कुनै पनि उम्मेदवारलाई उसको १०औं महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने सहमतिका नाममा बस्न आपूmले कुनै दबाब नदिने स्पष्ट पारे । आपूmविरुद्ध कोही उम्मेदवार हुन्छ भने बस्नका लागि दबाब पनि नदिने भन्दै उनले भने, ‘मैले उठ्ने निधो गरें भने मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो, स्वाभाविक रूपमा लिनुपर्छ ।’

अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारे । कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आपूmले कुनै कदम नचाल्ने उनले स्पष्ट पारे ।

उपाध्यक्ष डा। भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । ओली निकटका नेताहरूले आगामी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँदै पार्टीमा ओलीको विकल्प नभएको बताउँदै आएका छन् । तर, कार्यक्रममा ओलीले भने, ‘मैले उठ्ने, नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन । जुनसुकै पदमा प्रतिस्पर्धा गर्न सबै प्रतिनिधि स्वतन्त्र छन् ।’

अध्यक्षमा रावलको उम्मेदवारीप्रति लक्षित गर्दै ओलीले भने, ‘रावलजीले मलाई चुनौती दिनुभएको छैन । मप्रति उहाँले आदर, सम्मान, माया र स्नेह देखाउनुभएको छ । बढी खट्नुहुन्छ थकाइ लाग्ने हो कि भनेर त्यसो भए म उठ्छु भन्नुभएको हो । यसलाई सकारात्मक रूपमा लिएको छु ।’

ओलीले अगाडि भने, ‘उहाँले कुनै चुनौती भन्नुभएको छैन । सुझाव दिनुभएको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो एक खालका मान्छेहरूले मन पराउने सुझाव पनि छ । यसमा मैले सोच्ने कुरा छुट्टै छ, समय आएपछि निर्णय गर्छु ।’

त्यस्तै, उनले माधवकुमार नेपालसहितको नेताहरू बाहिरिँदा पार्टीमा विवाद अन्त्य भएको दाबी गरे । आपूmहरू प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको अवसर मिलेको उनले बताए । ओलीले पार्टीको १०औं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रूपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको स्पष्ट पारे ।

ओलीले भने, ‘माधवकुमार नेपाललाई पार्टीका रूपमा निम्ता गर्न मिलेन । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here