कीर्तिपुर । आफ्नाे पुर्खाकाे विरताकाे गाैरवमय ईतिहास सम्झेर बनाइएकाे विरंगना रानी कीर्तिलक्ष्मीको पुर्णकदसहितको प्रतिमाले पूर्णता पाए पछि स्थानी बासिन्दा हर्षित बनेका छन् ।
अहिले कीर्तिपुर बाघभैरव मन्दिरको प्रांगणनमा स्थापना भएकाे विरंगना पुर्णकदसहितकाे कीर्तिलक्ष्मीको प्रतिमा बलियाे बनाउन कीर्तिलक्ष्मी निर्माण उपभोत्ता समितिका अध्यक्ष शुद्वरत्न महर्जनको समूहले अह्रोरात्र खटे पश्चात प्रतिमा बलियाे बनाउन सिमेन्ट भर्ने कार्य सम्पन्न पश्चात पूर्णता पाएको हो ।
कीर्तिलक्ष्मी निर्माण उपभोत्ता समितिले जेष्ठ २५ गते आइतबार राति प्रतिमा बलियाे बनाउनका लागि सिमेन्ट भर्ने कार्यमा स्थानीय बासिन्दाले समेत सहयाेग गरेकाे थियाे ।
कीर्तिलक्ष्मी निर्माण उपभोत्ता समितिका अध्यक्ष शुद्ध रत्न महर्जन, राम प्रसाद महर्जन जेष्ठ २५ गते राति प्रतिमा बलियाे बनाउने कार्यमा निरन्तता दिदै गरेकाे तस्बिर
यसभन्दा अगाडि जेष्ठ १७ गते शनिबार कीर्तिलक्ष्मीको प्रतिमासहित प्रतिमा बनाउने मुर्तिकारको उच्च सम्मानका साथ कलाकार महेश तुलाधरको गृहनिवास सितापाइलाबाट बाजा गाजासहित भव्य रुपमा स्वागत गरेर कीर्तिपुर नयाँ बजार परिक्रमा पश्चात बाघभैरवमा ल्याइएर सो प्रतिमा केही समयका लागि प्रर्दशनीमा राखेको थियो ।
सो स्वागत कार्यक्रममा इतिहासबिद् एवम् संस्कृतिविद् प्रयागमान प्रधान, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका संयोजक नजरराम महर्जन, बाग्मती प्रदेशका पुर्व सहकारी मन्त्री एवम् सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जन, वडा नं. १० का वडा अध्यक्ष नरेश महर्जन, वडा नं. १० का वडा सदस्यहरु सुदन महर्जन, राज्यलक्ष्मी शाक्य, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका अध्यक्ष शुद्धरत्न महर्जन, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जन (नेवाः) सामाजिक अभियान्ता सरलगोपाल महर्जन लगायत संस्कृति तथा सम्पदा प्रेमीहरुले भव्य रुपमा स्वागत गरेर कीर्तिपुरको रिंगरोड परिक्रमा गराए पश्चात विंरगना कीर्तिलक्ष्मीको प्रतिमा बाघभैरव मन्दिर केही समयका लागि प्रर्दशनी समेत गरिएको थियो ।
बिरंगना कीर्तिलक्ष्मीको प्रतिमालाई जेठ १७ कीर्तिपुर रिंगराेड परिक्रमा पश्चात् बाघभैरव प्रांगणमा लगिरहेकाे तस्बिर
बिरंगना कीर्तिलक्ष्मीको प्रतिमालाई कीर्तिपुर क्षेत्र नं. १० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद तथा पूर्व पर्यटन तथा संस्कृति मन्त्री मा. पुकार महर्जनले विनियोजित करिब १६ लाख बजेटबाट ६ फिट ढलोट प्रतिको स्केच चित्रकार योगेश महर्जन बनाएको थियो ।
एक बर्षकाे लामाे प्रयास पश्चात प्रतिमाका रुप पाउँदा कीर्तिपुरका स्थानीय बासिन्दाहरु हर्षित बनेका छन् ।कीर्तिपुरका बासिन्दाले साे प्रतिमा आगमनका दिन भगवान् नै सरह मानेका थिए ।
बिरंगना कीर्तिलक्ष्मीको प्रतिमालाई जेठ १७ कीर्तिपुर बाघैरव प्रांगणमा प्रदर्शनी राखिएकाे तस्बिर
कीर्तिलक्षमीको परिचय
ने.सं. ८६८ भाद्र शुक्ररबार दिन चन्द्रागिरीमा गोर्खालीले चाैकी राखिएको थियो ।
ने.सं. ८७४ मा कीर्तिपुरेले काट्न लागेको धानबालीमा गोर्खालीहरुले आगो लगायाे ।
ने.सं. ८८० जेठ शुक्रबार दशमीमा गोरखा सैनिकले कीर्तिपुर हमलाका क्रममा गोरखा सैनिकका काजी कालु पाँडेका शिर छेदन गरिएको इतिहासमा उल्लेख गरिएको छ ।
ने.सं. ८८५ आश्विन ६ का दिन दोश्रो पटक कीर्तिपुर हमलाका क्रममा पृथ्वी नारायण शाहका भाई सुर प्रतापको आँखा फुटाइएको थियो ।
६ महिना कीर्तिपुरमा नाकाबन्दी पश्चात ने.सं. ८८६ चैत्र ३ बुधवारका दिन कीर्तिपुरको गढपर्खालको ढोका खुल्ला गरेपश्चात चैत्र २७ शनिवार हमला गरेर गोरखा सैनिकले कीर्तिपुरे जनताको कान, नाक, ओठ काटेको इतिहासमा उल्लेख गरिएकाे छ ।
पुर्खाले भने अनुसार कीर्तिपुुरकी रानी विरंगना कीर्तिलक्ष्मीको नेतृत्वमा १२ सम्म लडाईं भइरहदा कसैले पनि स्त्री भनेर पहिचान गर्न सकेनन् र कीर्तिलक्ष्मी जब मुुख धुने क्रममा स्त्री हो भनेर पहिचान खुले पश्चात गोरखाली सैनिकले समाएर लसपस गर्न खाेज्दा कीर्तिलक्ष्मी आफै आत्माहत्या गरिन् । कीर्तिपुरको नेतृ भएर लडाई लडेको कुनै पनि इतिहासमा नाम समेत नरहने गरि तात्कालिन राज्यसत्ताबाट बिलिन बनाउने प्रयास गरियाे ।
ललितपुर पाटनकाे मुल चाेकमा ने.सं. ८८२ क जुजु रणजित मल्लकाे ताम्रपत्रमा साक्षी कीर्तिलक्ष्मी सिंह भनेर उल्लेख गरिएकाे छ।
( कीर्तिलक्ष्मीले मुख धुने कुवा नयाँ बजार (अमल्सी) मा रहेकाे पाटीमा अझै पनि सुरक्षित रहेकाे छ ।
यसका अलावा कीर्तिलक्ष्मीकाे नाममा पहिलाे उपन्यास उपन्यास हृदय चन्द्र सिं प्रधानले रचिएकाे पाइन्छ ।
बासुपासाले लेखेकाे कीर्तिलक्ष्मी उपन्यास चलचित्र द लिजेण्ड कीर्तिलक्ष्मी चलचित्र समेत निर्माण भईसकेकाे छ ।
कीर्तिलक्ष्मी सम्बन्धित प्राप्त अभिलेख























