राष्ट्रपति वाइडेनले विश्वका ११० देशलाई सहभागिताका लागि बोलाइएको समिटमा चीन र रुस बाेलाइएन

92

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वभरका ११० देशलाई लोकतन्त्रमाथि हुने एक भर्चुअल समिटका लागि निम्ता गरेका छन्।

यो समिट ९-१० डिसेम्बरमा आयोजना हुने छ। विश्वका ११० देशलाई सहभागिताका लागि बोलाइएको समिटमा चीन र रुस लगायत केही देशलाई भने निम्ता नगरिएको बीबीसीले जनाएको छ। तर, ताइवानले यस सम्मेलनमा भाग लिने अमेरिकी विदेश विभागको तर्फबाट जारी गरिएको पत्रमा उल्लेख गरिएको छ।

अमेरिकाको यस कदमले चीनलाई आक्रोशित बनाउन सक्ने छ। किनकी चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ।

यसका साथ टर्कीलाई पनि अमेरिकाले समिटमा निमन्त्रणा गरेको छैन। दक्षिण एशियाली क्षेत्रमा अफगानिस्तान, बंगलादेश, श्रीलंकालाई पनि निमन्त्रणा नगरिएको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति वाइडेनले लोकतन्त्रको रक्षालाई आफ्नो विदेश नीतिको महत्वपूर्ण हिस्सा बनाउन चाहेको बीबीसीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here