माके रुपन्देही इन्चार्ज बन्जाडेको मोटरसाइकल दुर्घटनामा निधन 

66

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि शर्मा)को निधन भएको छ।

सडक दुर्घटनामा परी घाइते भएका रुपन्देही इन्चार्ज बन्जाडेको उपचारको क्रममा निधन भएको हो। उनी मोटरसायकल दुर्घटनामा परी घाइते भएका थिए। मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा दुर्घटनामा परेका बन्जाडेको बुधबार बिहान निधन भएको हो।

बुटवल बेलबास निवासी बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here