अफगानिस्तानबाट ७ सय ७० जना नेपालीको उद्वार जारी

87

काठमाडौं । अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ ।
मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी थप ११२ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार दुबई उडानबाट ३९, टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ जना नेपाल फर्किएका थिए ।

अफगानिस्तानमा कति नेपाली छन् यकिन तथ्याङ्क कसैसँग छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत पछिल्लो दुई वर्षयता श्रम स्वीकृति लिएर अफगानिस्तान गएका नेपाली नागरिकको सङ्ख्या तीन हजार ९१३ जना रहेको मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले जानकारी दिए।

अनौपचारिक क्षेत्रबाट अफगानिस्तान पुग्नेको सङ्ख्या पनि ठूलो रहेको बताइन्छ तर यसको तथ्याङ्क कसैसँग छैन । चाँदनी हमालले आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here