म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने एक पक्राउ   

98

काठमाडौं । म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने ३१ वर्षीय सुवास खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवन र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त टोलीले उक्त प्रालि तलासी गर्दा ठूलो परिमाणमा म्याद गुज्रिएका विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामग्री बिस्कुटहरु, पास्ता, कर्नफ्लेक्स, सेवाई, लगायतका म्याद गुज्रिएका सामानहरुलाई  समेत मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री गरिरहेको अबस्थामा फेला पारी खड्कालाई पक्राउ गरेको हो । साथै उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन १ थान र लेभल मेट्न प्रयोग हुने केमिकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।

खड्कालाई आवश्यक कारवाहीको लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाईएको तथा हाल फरार सोही प्रालिका संचालक काठमाडौं नयाँ बानेश्वर बस्ने मोरङ घर भएका प्रभात देवको खोजी गरिरहेको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here