नक्कली अर्बपतिको सक्कली बयान

242

काठमाडौैं÷ नेपाल सरकारले विदेशीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरिरहेको अवस्थामा अमेरिकी पत्रिकाबाट नेपाली अर्बपति घोषित विनोद चौधरीले भने विदेशमा लगानी बढाएका छन् । आपूm नेपाली नागरिकको आवरणमा बसेर छोराहरुलाई गैरआवासीय नागरिक बनाएर नेपालबाट बाहिर लगानी गरिरहेको चौधरीले पत्रकार सम्मेलन गरेरै उद्घोष गरेका छन् । आपूmले विदेशमा विभिन्न उद्योग तथा होटेलहरुमा लगानी गरिरहेको उनले स्वीकार गरेका छन् ।

नेपालमा कर ठगी प्रकरणमा समेत मुछिएका विनोद चौधरीले नेपालमा उत्पादित वाईवाई चाउचाउ तीन दर्जनभन्दा बढी देशहरुमा निर्यात भइरहेको दावी पत्रकार सम्मेलनमा गरेका छन् भने विभिन्न मुलुकहरुमा चाउचाउ उत्पादन सुरु गर्ने तयारी गरेको पनि उनले खुलासा गरेका छन् । विदेशी मुलुकहरुमा चाउचाउ उत्पादन गरेपछि नेपालबाट उत्पादन भई विदेशमा निर्यात भइरहेको वाईवाई चाउचाउको व्यापार ठप्प हुने निश्चितै छ ।

नेपालबाट उत्पादित चाउचाउको व्यापार निर्यातलाई प्रभावित तुल्याउन विनोद चौधरीले विदेशमा चाउचाउ कारखाना खोल्नुलाई निकै ठूलो देशभक्ति काम ठानेका छन् । पत्रकार सम्मेलनमा विनोद चौधरीले भारत, चीन, श्रीलंका, माल्दिभ्स, अमेरिका र अफ्रिकालगायतका मुलुकहरुमा लक्जरी होटेल सञ्चालन गरिरहेको समेत खुलासा गरेबाट उनको पुँजी पलायन पुष्टि भएको छ । कुनै पनि देशभक्त नेपाली नागरिकले आफ्नो पुँजी विदेशमा होइन देशभित्रै लगानी गर्नुमा गर्व गर्न सक्दछ । लाखौं नेपाली योद्धाहरुले विदेशमा श्रम बेचेर नेपालमा पैसा पठाइरहेका छन् ।

तर नेपाली अर्बपति कहलिएका विनोद चौधरीले छोराहरुलाई नै विदेशी बनाएर उनै छोराहरुका नाममा देशको पुँजी विदेशतिर पठाइरहेका छन् । यस्तो राष्ट्रघाती कामलाई रोक्न नेपाल सरकारसँग कानुनी व्यवस्थासमेत नहुनु आश्चर्यको विषय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here