काठमाडौं । एनआईसी एशिया बैंकले नेपालकाे बैंकिङ क्षेत्रमा आक्रामक व्यवसाय बृद्धि गर्दै छोटो अवधिमा धेरै भन्दा धेरै जनतालाई आफुप्रति केन्द्रीत गर्न सफल भएकाे छ । हालसम्म ३५६ शाखा र ४७३ एटीएमसहित निकै ठूलो संजाल भएको वाणिज्य बैंकको रुपमा स्थापित एनआईसी एशिया ग्राहक संख्याको मामलामा निजी क्षेत्रका बैंकहरु मध्ये सबैभन्दा ठूलो बैंक हो ।
बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सुविधा दिने क्रममा बैंकको मोबाइल बैंकिङ सेवाले ग्राहकहरूलाई निकै धेरै सुविधा दिएको छ । मोबाइल बैंकिङ ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले आफ्नो खातासम्म पहुँच पुर्याउन प्रदान गरिएको एउटा प्लेटफर्म हो ।
बैंकको मोबाइल बैंकिङ एप आइओएस र एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्टफोनमा निःशुल्क डाउनलोड गर्न सकिनेछ। यस मोबाइल बैंकिङ सेवाले मोबाइल फोनमार्फत ग्राहक खाता जानकारी र वास्तविक समय कारोबार देखाउने गर्छ भने यसले ग्राहकहरूलाई बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरू पनि पठाँउछ । मोबाईल बैंकिङ सेवामार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्न सकिन्छ भने आफ्नो बैंक खाताको स्टेटमेन्ट हेर्ने र आफ्नो खाताको जानकारी पनि लिन सकिन्छ।
आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्न सकिने सुविधासँगै मोबाईल बैंकिङ बाटै मुद्दती निक्षेप खोल्न पनि सकिने छ । त्यस्तै आफ्नो मोबाईलमा रिचार्ज गर्नका लागि मोबाइल टपअप सुविधा सँगै अनलाइन टिकेटिङको सुविधा पनि रहेको छ। एपबाटै युटिलिटी बिल भुक्तानी पनि गर्न मिल्ने छ भने आजकल निकै चलेको डिजिटल भुक्तानीको माध्यम QR भुक्तानी पनि सोही एपबाट गर्न मिल्ने छ।
विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन, कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा एनआईसी एशिया बैंकले आफ्नो मोबाईल बैंकिङमार्फत दिएका आकर्षक र समयअनुकुल ग्राहकको आवश्यकता हेरेर बनाईएका फिचर हुन्।
मोबाईल बैंकिङ सेवामार्फत नै ग्राहकको गुनासो सुनुवाई हुने छ। एपमा रहेको ‘’Customer Care” बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथाशिघ्र समाधान तथा जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकलाई एनआईसी एशिया बैंकका शाखा र एटीएमको स्थान पत्ता लगाउन पनि यस एपले सहयोग गर्ने छ।
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा लिए पश्चात ग्राहकले निम्न सेवा सुविधा प्राप्त गर्न सक्ने छन्।


















