प्रशान्त डंगाेल, टाेखा
हामी दुई संगै बसौं भन्दा साछी खोज्छौ तिमी
साछी मिलाई साइत हेर्दा जिब्रो ताक्छौ तिमी
सहासी त तिमी छौ भन्थे छिमेकीले पनि हिजो
त्यसैले आज हल्लो बिनाको खेत जोत्छौ तिमी
यी मानिसको भिडमा आषाका बिज खोजिरहे
दिनरात शान्त पार्ने एउटा चिज खोजिरहे
अरुलाई हेय्य दृश्तिले हेर्न सिकाउने नरे
जातको बिजारोपन गर्ने त्यो गित खोजिरहे
दुई जना भरौतेले हात्ती बोक्दैन
भुक्ने कुकुर भुकिरहन्छ तोक्दैन
कुरो गारेर मात्र हुदैन काम्रेड
तिमीले चाहेर बन्दुक पर्कंदैन


















