झोलाभित्र पन्ध्र किलाे गाँजा लुकाएकाे अवस्थामा दुई पक्राउ

90

काठमाडाैं । प्रहरीले सिमराबाट १५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

बुधबार प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-५ स्थित वीरगन्ज-पथलैया सडकबाट दुई जनालाई गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्गीय बाबुराम वाइबा रहेका छन्।

ना४६प ५९३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले दुई वटा झोलाभित्र लुकाएर गाँजा ल्याएका थिए।

चेकजाँचका क्रममा गाँजा फेला परेपछि दुबैलाई हिरासत लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here