आइएमई पे  मा पैसा पठाउँदा रु एक हजार सम्म क्यास ब्याक

40

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे  ले  विदेशबाट पठाएको रकम आइएमई पे  वालेटमा प्राप्त गर्दा  ग्राहकहरुलाई  रु एक हजार  सम्म क्यास ब्याक प्रदान गर्ने अफर  सार्बजनिक गरेको छ ।  अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे  वालेटमा पठाएको पैसा आइएमई पे  एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजार सम्म क्यास ब्याक  प्राप्त गर्न सक्नेछन् ।

यथावत रहिरहेको “आइएमई गरौँ,करोडपति बनौँ” योजनालाई  थप परिस्कृत गर्दै  बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत  क्यास ब्याक अफर सार्बजनिक गरिएको छ ।

सेवाग्राहीहरुको  उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्बजनिक गर्दै आएको आइएमई पे  ले  यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा  राखेर यो  योजना सार्बजनिक गरिएको बताइएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त  गर्नुको साथै  ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न  साथै  सबै प्रकारको बीमा नविकरण  तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here