मङ्गलादेवी सिंहको औं स्मृति दिवसमा स्मरण

130

काठमाडौं । नेपाल महिला सङ्घका संस्थापक मङ्गलादेवी सिंहको औं स्मृति दिवसमा उहाँले नेपालको महिला मुक्ति तथा प्रजातान्त्रि आन्दोलनमा पु-याउनुभएको योगदानलाई स्मरण गरिएको छ । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति काठमाडौंले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसको प्रभावशाली नेता एवम् स्वर्गीय मङ्गलादेवी सिंहका सुपुत्र प्रकाशमान सिंहले देशको प्रजातान्त्रिक आन्दोलन एवम् महिला मुक्ति तथा अधिकारका लागि स्वर्गीय मंगलादेवी सिंहको योगदानलाई स्मरण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल महिला सङ्घका संस्थापक उहाँले जिन्दगीभर गर्नुभएको प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शको राजनीतिलाई वर्तमान नेतृत्वले स्मरण गर्नुपर्छ, सिंहले बताउनुभयो ।

तात्कालीन जहाँनिया राणा शासनकालमा मङ्गलादेवी सिंह त्यस्तै २२, २३ वर्षको हुनुहुन्थ्यो र महिलाले पनि पुरुष सरह हक, अधिकार पाउनुपर्छ भनेर  २००४ साल साउन २४ गते नेपाल महिला सङ्घको स्थापना गरिएको बताउनुहुदै उहाँले त्यस समय राणाहरुको तानाशाही व्यवस्थाको अत्याचार समाप्त पार्न पनि स्वर्गिय मङ्गलादेवी सिंहको अतुलनीय योगदान रहेको  बताउनुभयो ।

प्रजातान्त्र स्थापनादेखि हालसम्मको परिवर्तीत राज्य व्यवस्था प्राप्तिका लागि आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुहुदै नेपाली काँग्रेसका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई पनि उहाँले स्मरण गर्नुभयो । तात्कालीन समयमो जनआन्दोलन र व्यवस्था परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्नुभएको गणेशमान सिंह जब आजीवन जेल कारबाहीमा पर्नुभयो, मङ्गलादेवीसँग उहाँको विवाह भएको भर्खर २, ३ महिना मात्र भएको थियो । तर त्यस्तो अवस्थामा पनि मङ्गलादेवी सिंहले महिला मुक्ति तथा प्रजातान्त्रि आन्दोलनलाई अगाडि बढाउनुभएको नेता सिंहले स्मरणा गर्नुभयाे ।

सिंहको स्मृति दिवसको उपलक्ष्यमा महिलाले पनि पुरुष सरह पाउनुपर्ने मताधिकार, सम्पत्तिमाथीको अधिकार, समानता लगायत समग्र देशको महिला मुक्तिका लागि उहाँले पु¥याउनुभएको योगदान पुनः स्मरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here