मुख्यमन्त्री भीम आचार्यले सपथ सपथ लिए

87

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार उनले प्रदेश प्रमुख सोमनाथ प्यासीसँग सपथ लिएका छन् ।

शेरधन राईले आजै संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। साथै, प्रदेश प्रमुख प्यासीलाई  पनि मुख्यमन्त्रीबाट राजीनामा बुझाएका थिए। आचार्यलाई आजै एमालेले संसदीय दलको नेतामा चयन गरेको थियो।

संसदीय दलको नेता बने लगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सपथ पनि लिएका हुन्। उनी संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

२०७४ माघ २६ गते भएको संसदीय दलको नेतामा राईले आचार्यलाई संसदीय दलको नेतामा पराजित गर्दै मुख्यमन्त्री भएका थिए। त्यतिबेला राईले २६ मत ल्याएका थिए। आचार्यले भने २४ मत पाएका थिए। ५१ मत मध्ये एक मत बदर भएको थियो।  ४३ महिनापछि उनै आचार्यले राईलाई संसदीय दलको नेता र मुख्यमन्त्रीबाट प्रतिस्थापन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here