भारतबाट सात नेपाली युवतीको उद्धार

85

वीरगञ्ज ।  बेचबिखनमा परेका सात नेपाली युवतीहरुलाई पर्सा प्रहरीले भारतबाट उद्धार गरेको छ ।

अर्केस्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई नेपालबाट युवतीहरूलाई भारतको बिहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो वडा नम्बर ११ आदापुर बजार भन्ने स्थानमा पुर्‍याइएका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो ।

प्रहरीका अनुसार पीडित युवतीहरुको मोबाइल फोन खोसी अँध्यारो कोठामा नियन्त्रणमा राखी भारतकै विभिन्न स्थानमा पठाई अर्केष्टा«मा नाचगान गराएर रकम लिने गरिएको थियो ।

युवतीहरुको उद्धार गर्नुका साथै उनीहरुलाई प्रलोभनमा पारि भारतमा लगि बेचबिखन गर्ने दुईजनालाई भारतीय प्रहरीको समन्वयमा पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला पूर्वी चम्पारण, थाना छौँडादानो बस्ने २५ वर्षीय विकेश कुमार र धनुषा नगराइन घर भई छोडादानोमा बस्दै आएकी ४ वर्षीय ममता कुमारी भन्ने अजिमा खातुन रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका दुवैजनाले पीडितलाई आकर्षक तलबको प्रलोभनमा पारी भारतमा अर्केस्ट्रामा काम गराउँदै आएको बताए खनालले जानकारी दिए ।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here