प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने जनाएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी गराए ।
एक नेताका अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुनेछ ।

















