अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुन लागेको दुई मैत्रीपूर्ण खेल हेर्नका लागि दर्शकले प्रभु पे को एप्लिकेशन मार्फत टिकट गरिख गर्न सक्ने भएका हुन् ।
नेपालले बिहिबार भोली भदौ १७ गते र २० गते भारतको राष्ट्रिय टोलिसँग दुईवटा मैत्री खेल खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालमा बेलुकी ५स्३० बजेबाट शुरु हुनेछ ।
कोरोनाका कारण थोरै दर्शकलाई मात्र खेल हर्ने अनुमती दिएको दुबै मैत्रिपुर्ण खेलका लागी बिहिबार बिहान १० बजे देखी दिउँसो २ बजे सम्म दर्शकहरुले मैदानबाहिर रहेको प्रभु पेको स्टलबाट टिकट खरिद गर्न सक्ने छन् ।
मैत्रिपुर्ण खेलकात लागी साधारण प्यामपिटका लागी दर्शकले एक हजार रुपयाँमा टिकट प्राप्त गर्न सक्नेछन् भने स्ट्यान्डर्ड प्यारापिट तर्फका लागी प्रति टिकट मुल्य दुई हजार तोकिएको छ ।
खेल हेर्न इच्छुक एन्ड्रोईड र आईओएस प्रयोगकर्ता दर्शकहरुले प्रभु पेको मोबाईल एपबाट टिकट काट्न सक्ने छन् । अन्य दर्शकहरु प्रभु पेको वेबसाईटबाट टिकट किन्न सक्ने छन् ।यस्तै दर्शकलाई सहज बनाउनका निम्ति प्रभु पेले विभिन्न अस्पताल, सपिङ्गमलमा राखेको किओस्क मसिनबाट पनि खेलको टिकट काट्न सक्ने व्यवस्था मिलाएको प्रभु पे का महाप्रबन्धक विक्की शाहीले जानकारी गराए ।
टिकट काट्न यहाँ क्लिक गर्नहोस्ः
असोज १५ गतेबाट माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले २ अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्न लागेका हुन् ।
यी दई चिरप्रतिद्वन्दी टोलिबिच ६ वर्षपछि नेपालमा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा नेपाल र भारतले पछिल्लोपटक नेपालमा खेलेको थियो ।
उक्त समयमा यी दुई टोलि विश्वकप छनौटको दोश्रो लेगको खेलमा आमने सामने भएका थिए । सो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
नेपालसँग दुईवटा मैत्री खेल खेल्न सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय भारतीय राष्ट्रिय खेलाडीको टोलि सोमबार दिउँसो नेपाल आएको थियो ।
यसपछि नेपाली टोलि असोज १५ गतेबाट माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि कतारको दोहातर्फ लाग्नेछ । त्यहीबाट टोलि असोज ११ गते माल्दिभ्सको लागि प्रस्थान गर्नेछ ।


















