काठमाडौं । पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार बढी पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ६० जनाको मृत्यु भएको छ।
यससँगै कोरोना कारण भारतमा ४ लाख ३९ हजार बढीको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ६५ करोड ४१ लाख बढीले कोरोना विरुद्धो खोप लगाएका छन्।


















