आज सुन मूल्य २ सय रुपैयाँले घट्याे

54

काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य ओरालो छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।

बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार तेजाबी सुन ९० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १२ सय ५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेको हो। आज चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here