काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत सेलपेका Full KYC ग्राहकहरुले हप्ताको एक पटक मोवाईल टपअप मा १५% (रु.३०) रुपैयासम्म अबकजदबअप पाउन सक्नुहुनेछ । यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागु हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै ध्बििभत बाट पनि कारोबार गर्न सकिने अन्य विशेषताहरु रहेका छन्
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, एद्दए, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले ऋभििएबथ प्बचत सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ । सेलपे एप्प डाउनलोड गरी Wallet Load का साथै आजै आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ ।

















