निद्रा गडबड हुनबाट जाेगिने नाै उपाय

136

निद्रा गडबड हुने कारण  
१. उठ्ने र सुत्ने समयको टुंगो नभएमा। निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ। जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ। एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ।

२. घुर्ने बानी भएमा। घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ। त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन। यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ।

३. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा।

४. मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ।

५. लागूऔषध दुर्व्यसनीहरुमा।

६. शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि)।

७. हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ।

उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ। तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ। उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ।

निद्रा लगाउने उपाय
१. आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने।

२. बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने।

३. सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने।

४. घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने।

५. दिउँसो सुत्ने बानी हटाउने।

६. धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने।

७. स्वस्थ आहार लिने।

८. मोटोपन घटाउने।

९. नियमित व्यायाम गर्ने।

– डा. निरञ्जन आचार्य, न्युरोलोजिस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here